
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स कपमा नेपाल र भारत ‘ए’ बीचको खेल रद्द भएको छ । हङकङको मोङककस्थित मिसन रोड मैदानमा बिहीबार नेपाल र भारतबीचको खेल हुने तालिका थियो ।
तर, वर्षाका कारण मैदान खेल्न योग्न नभएपछि टससमेत नभई खेल रद्द भएको हो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल र भारत दुवैको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो ।
खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक पाएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको भारतले दुई खेलबाट तीन अंक जोडेको छ । समान खेलबाट एक अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij