काठमाडौँ । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ ।
सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाका अनुसार भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियन सीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा यही जुन १७ र १८ तारिखमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ । त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन् ।
बुधबार साँझ प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले खादा लगाएर शुभकामनासहित बिदाइ गर्नुभएको थियो ।