
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । भाडा नतिरेपछि अमेरिकाको कोलोराडोस्थित कार्यालयबाट सामाजिक सञ्जाल कम्पनी ट्विटरलाई निष्कासन गरिने भएको छ । एलन मस्कले खरिद गरेयता विभिन्न उतारचढाव झेलिरहेको कम्पनीले व्यहोरेको यो पछिल्लो झड्का हो ।
गएको मे ३१ मा ट्विटरलाई कोलोराडोको बोल्डर जिल्ला अदालतका न्यायाधीशले त्यहाँको कार्यालयबाट निष्कासन गर्न ४९ दिनको समय दिएका थिए । कुनै समय ३०० कर्मचारीले काम उक्त कार्यालयमा मस्कले कम्पनी किनेयता त्यहाँ करिब १५० कर्मचारी रहेको अनुमान गरिएको छ ।
मे १२ मा ट्विटरका घरधनीले कम्पनीविरुद्ध भाडा नतिरेको उजुरी हालेका थिए । सन् २०२० फेब्रुअरीदेखि उक्त स्थान कार्यालय भाडाका लागि लिएको ट्विटरले बताएको छ । ट्विटरको मुख्यालय भने क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij