Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

धुलिखेलमा अनलाइन पत्रकारिता ताालिमबाट प्रफुल्लित पत्रकार !

धुलिखेलमा अनलाइन पत्रकारिता ताालिमबाट प्रफुल्लित पत्रकार !

  • काठमाडौं । काभ्रेको धुलिखेलमा पाँच दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको उक्त तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो । 

    तालिमको समापन समारोहमा बोल्दै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बताए ।  

    उनले बागमती प्रदेशका पत्रकारहरुलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउँदै उनीहरुको शीप र क्षमताको विकासका लागि भविष्यमा पनि यस्ता तालिमहरुको आयोजनालाई निरन्तरता दिइने जानकारी दिए ।

     सो तालिममा सहभागीलाई प्रशिक्षक प्रवेश सुवेदी र उमेश श्रेष्ठले अनलाइन पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij