Jun 04 2026 | २०८३, जेठ २१ गते
टर्कीको एक रकेट तथा विस्फोटक कारखानामा भएको शक्तिशाली विस्फोटमा परेर पाँच जना कर्मचारीको मृत्यु भएको छ। राजधानी अंकाराबाट ४० किलोमिटर टाढा सरकारी स्वामित्व भएको एमकेई रकेट एन्ड एक्सप्लोसिभ फ्याक्ट्रीमा शनिबार बिहान यो घटना भएको थियो।
विस्फोटबाट नजिक रहेका घर तथा पसलमा समेत क्षति पुगेको टर्कीको सरकारी टेलिभिजनले जनाएको छ । घटनामा कयौँ घाइते भएको पनि बताइएको छ । अधिकारीहरूका अनुसार कारखानाको डायनामाइट विभागबाट विस्फोट सुरु भएको थियो ।
घाइते कर्मचारीहरूलाई स्थानीय अस्पतालमा लगिएको सरकारी मिडियाले जनाएका छन् । गभर्नर साहिनले पत्रकारहरूसँग कुराकानी गर्दै रासायनिक प्रयोगका दौरानका यो विस्फोट भएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij