
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुविधाको सुरुवात गरेको छ ।
दराज एनएमबि सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गरेका छन् । दराज एनएमबि सजिलो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबि बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij