Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेपालले भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने

नेपालले भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ ।
    हङकङमा सोमबारदेखि आयोजना हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि भिडन्त गर्नेछ ।

    images
    images
    images

    प्रतियोगिताका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिमको घोषणा गरिसकेको छ । थाईल्यान्डले भिसाका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले खेल्न पाएको हो ।

    प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ रहेका छन् । नेपालले मंगलबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।
    आठ टिम रहेको प्रतियोगितामा दुई समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा प्रवेश पाउनेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij