
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।
कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रस्ताव विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ ।
विशेष साधारण सभाबाट हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij