
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्ने भएको छ ।
त्यसका लागि हिमालयन क्यापिटल लिमिटेडलाई बैंकले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १,००० दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३०,००,००० कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।
सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij