Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ललितपुरमा ‘परम्परागत सांस्कृतिक रैथाने खाना महोत्सव’

ललितपुरमा ‘परम्परागत सांस्कृतिक रैथाने खाना महोत्सव’

  • ललितपुर । ललितपुरमा ‘परम्परागत सांस्कृतिक रैथाने खाना महोत्सव’ को आयोजना गरिएको छ । संस्कृतिलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सो महत्सवको आयोजना गरिएको हो । 

    images
    images
    images

    ललितपुर महानगरपालिका परिसरको बगैंचामा माक्र्सवादी ज्ञान केन्द्रले हिजोदेखि उक्त कार्यक्रम शुभारम्भ गरेको हो । संस्कृति सम्वद्र्धन र आयआर्जनलाई सँगसँगै अगाडि बढाउन सकिने उदाहरण दिन यो कार्यक्रम गरिएको जनाइएको छ ।

    सातवटै प्रदेशमा यो कार्यक्रम गरिने केन्द्रका महासचिव ईन्द्र भट्टराईले जनाएका छन् । ललितपुरको रैथाने नेवार समुदाय भएकाले महोत्सवमा नेवारी खानालाई प्रोत्साहन गरिएको छ । 

    बिहान ११ बजेदेखि शुरु भएको दोस्रो दिनको आजको कार्यक्रम अपरान्ह ५ बजे सकिने जनाइएको छ । महोत्सवमा सहभागी हुन चाहनेलाई प्रवेश निःशुल्क छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij