Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पाँचौँ राष्ट्रव्यापी बुदोकैदो कराते च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

पाँचौँ राष्ट्रव्यापी बुदोकैदो कराते च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

  • ललितपुर । पाँचौँ राष्ट्रव्यापी बुदोकैदो कराते च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । सुनाकोठी बुदोकैदो क्लबको आयोजनामा सुरु भएको हो । कार्यक्रमका सभापत्तिव सुनाकोठी बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जन र प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यको उपस्थितीमा भएका छन् । 

    images
    images
    images

    कार्यक्रममा प्रमखु अतिथि मञ्जली शाक्यले यस खेललाई स्थानिय, प्रदेश र संघिय रुपमा विकास गर्नुपर्ने महसुस भएको बताइन् । उनले महानगरले यस खेललाई अझै संरक्षण गर्न नितिगत रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाए । 

    १३ स्वर्ण पदकका लागि प्रतियोगितामा सातवटै प्रदेशका ३०० भन्दा धेरै महिला र पुरुष खेलाडीहरुले १३ स्पर्धामा प्रतिस्पर्धा गरेका छन् । उक्त प्रतियोगितामा महिलातर्फ पाँच स्वर्ण र पुरुषतर्फ आठ स्वर्णका लागि स्पर्धा भएको हो । 

     सो प्रतियोगितामा विश्व किर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र खेल जगतमा ४० वर्ष योगदान दिनुभएको जयन्द्र बहादुर केसीलाई सम्मान गरिएको छ । 

    348361103_945788423431209_936986557502720206_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij