Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

  • काठमाडौं । पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।

    यस्तै, ज्योती पाण्डेले २३,  सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij