
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij