Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

इन्टरलाई कोपा इटालियाको उपाधि

इन्टरलाई कोपा इटालियाको उपाधि

  •  कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले रोममा बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

    images
    images
    images

    खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १-० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १-१ बराबरीमा आईपुगेको थियो।

    images

    ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २-१ को अग्रता दिलाउन सफल भए। तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षबाट गोल हुन नसके पछि २-१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो।

    सन् २०२१-२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो। युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक बिजेत बन्न सफल भएको हो।

    यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij