
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ सालबोटे बस्ने २३ वर्षीय पूर्ण बहादुर मगर रहेका छन् ।
गत शुक्रबार राति ती किशोरीलाई मगरले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij