
Apr 19 2025 | २०८२, वैशाख ६ गते
भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको बताइएको छ । पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् ।
उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए । नितेशको निधनको खबर दिँदै टिभी अभिनेता देवेन भोजानीले उनको राती दुई बजे कार्डियाक अरेस्टका कारण निधन भएको जानकारी दिए ।
त्यस्तै उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij