काठमाडौँ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्रले गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।