Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

विद्युतीय सवारी साधानको आयातमा बाहिरियो ८ अर्ब

विद्युतीय सवारी साधानको आयातमा बाहिरियो ८ अर्ब

  • काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बढी बाहिरिएको छ। भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।

    images
    images
    images

    अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो। वैशाखमा मात्रै ५०३ वटा विद्युतीय सवारीसाधन भित्रिएको छ।

    images

    यसैगरी वैशाखसम्म विदेशबाट २०० किलोवाटसम्मको ६६ वटा र ३०० किलोवाटका ७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। जसमा क्रमशः २७ करोड ५७ लाख रुपैयाँ र ४ करोड रुपैयाँ बाहिरिएको छ। चैत महिनासम्म २०० किलोवाटका ६५ वटा र ३०० किलोवाटका ६ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij