
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले इन्डियन वुमन्स लिग (आईडब्लुएल) २०२३ को उपाधि जितेको छ ।
आइतबार अहमेदावादस्थित ट्रान्सस्टेडियामा भएको फाइनलमा गोकुलम केरलाले नेपालकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किक स्टार्टलाई ५(० गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । गोकुलमले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्दा फाइनलमा सावित्राले एक गोल र एक असिस्ट गरिन् ।
खेलको पाँचौ मिनेटमै सावित्राले गोल गर्दै अग्रता दिलाएकी थिइन् । सान्धिया रंगनाथनले २२औं इन्दुमती काथिरेसनले ३७औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् । ५२औं मिनेटमा सान्धियाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ८०औं मिनेटमा गोल गरेपछि गोकुलम केरला च्याम्पियन बन्यो ।
सावित्राले तेस्रो पटक आइडब्लुएलको उपाधि जितेकी हुन् । उनले दुई पटक गोकुलम केरला र एकपटक सेथु एफसीबाट उपाधि जितेकी हुन् । २०२१ मा भने चोटका कारण उनले लिग खेल्न सकिनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij