
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । फरार एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी रहेको भन्दै पठाएको निवेदन ल्याउने दूत पत्ता लगाउन प्रहरीले संसद् सचिवालयबाट सिसिटिभी फुटेज तथा आवश्यक कागजात लगेको छ । भुटानी शरणार्थीका नाममा ठगी गरेको भन्दै पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।
२५ बैशाखमा रायमाझीले आफु बिरामी भएको सूचना आफ्नो दूतमार्फत सभामुखकोे सचिवालयमा बुझाएका थिए । सोही निवेदन बुझाउन आउने व्यक्तिको पहिचान गर्न शुक्रबार प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले(सीआइबी) ले आवश्यक कागजात र फुटेज लगेको हो । सीआइबीबाट माग भएको कागजात र फुटेज उपलबध गराइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जनाए ।
उनका अनुसार सूचना – पत्र दिन आउने व्यक्तिको पहिचान हुन सक्ने आगन्तुक हस्ताक्षर रजिस्टर, नाम भएको, अन्य दस्ताबेज पनि उपलब्ध गराइएको छ । आफुहरुले पनि सूचना ल्याउने व्यक्ति नचिनेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij