
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij