
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले मात्र तानेका छन् । ललितपुरको लगनखेलबाट बिहान महिलाहरुले रथ तानेका हुन् । मच्छिन्द्रनाथ जात्रामा नरिवल खसालेको भोलिपल्ट महिलाले मात्र रथ तान्ने चलन पाटनमा रहेको छ ।
एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा बसेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij