Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

  • काठमाडाैं । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।

    images
    images
    images

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।

    साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij