
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई एसिया कपमा पुर्याउन सन्दीपको भूमिका अहम् रह्यो ।
उनले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाए । यस्तै, यूएईका विकेटपिकर वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए ।
उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाए । यस्तै, ओमानका तीव्र गतिका बलर बिलाल खान उत्कृष्ट बलर घोषित भए । उनले ६ खेलमा १७ विकेट लिए ।
नेपालले आज फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपको यात्रा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij