
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार वर्षाका कारण रद्द भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः सुचारु हुँदै छ ।
सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि मंगलबार ‘रिजर्भ डे’का लागि सरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजोकै अवस्थाबाट सुरु हुने खेल बिहान ९ बजेदेखि हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij