
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो ।
वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij