
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । १४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङ रहेका छन् ।छ ।
भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई तामाङले विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij