
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।
भेटमा चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् । नागरिकता विवादमा पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।
अहिले उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij