
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं। रातो मच्छिन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो । आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ ।
ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा शुरु गरिएको हो । सोही दिन गाःबहाल पुर्याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पुरयाइएको हो ।
रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ ।
मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मच्छिन्द्रनाथलाई अवलोकेत्श्वर, बुंङ्गद्य: लगायत नामले पनि पुकारिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij