
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा ३ बजे र ६ बजे हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । रङ्गशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भने साँझ ६ बजे सुरु हुनेछ ।
त्यस्तै, एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । यो खेल दिउसो ३ बजे सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij