
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैं । जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्काले उत्कृष्ट रेफ्रिको भूमिका निर्वाह गरेका छन् ।जापानको ओसाकामा भएको उन्नाइसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा उनलाई आयोजकले उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा सम्मान गरेको छ ।
शनिबार ओसाकास्थित सकाई सिटीमा सुरु भएको प्रतियोगितामा उनले २ फाइनल र ५ सेमिफाइनलसहित १३ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पारेका छन् । प्रतियोगितामा उनले ६.२७ अंक सहित जीत हासिल गरेका हुन् ।
खड्काले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । उनले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij