
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । कीर्तिपुर नगरपालिकाले सोमबार शोक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आज सोमबार शोक विदा दिएको जनाएको हो ।
नगरपालिकाको अनुसार बैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको बैशाख १० गते अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको हो ।
वडाध्यक्षको असामयिक निधन भएको शोक श्रद्धाञ्जली व्यक्त गर्दै शोक बिदा दिएको हो । आज नगरपालिका अन्तर्गतको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्थालगायतका सम्पूर्ण संस्था बन्द रहने नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij