
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको आज निधन भएको छ ।
अधिकारीको आइतबार उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो । वडाध्यक्ष अधिकारीको निधनको शोकमा कीर्तिपुर नगरपालिकाले भोलि वैशाख ११ गते सोमबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij