Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  • काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

    हिमालयन तेस्रो तथा सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । हिमालयन ९ अंकका साथ १३ औं स्थानमा रहँदा सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र थ्री स्टार क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ । संकटा पाँचौं तथा थ्री स्टार छैटौं जितको खोजीमा हुनेछ ।

    संकटा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने थ्री स्टार १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij