Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वास्थ्य सतर्कतासहित कक्षा १२ को परिक्षा तयारी पूरा । शिक्षामन्त्री भन्छन्, ‘ढुक्कले परिक्षा दिनु’

स्वास्थ्य सतर्कतासहित कक्षा १२ को परिक्षा तयारी पूरा । शिक्षामन्त्री भन्छन्, ‘ढुक्कले परिक्षा दिनु’

  • काठमाडौं । भोलि मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्। कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिन सकिने व्यवस्था गरिएको पनि मन्त्री पोखरेलले बताए। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने बताए । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने उनले जनाए ।

    onlinepatrika
    Arghakhachi

    परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट