Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आईबिएको राष्ट्रिय संघ समितिको सदस्यमा अवाले मनोनीत

आईबिएको राष्ट्रिय संघ समितिको सदस्यमा अवाले मनोनीत

  • काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए)को मेम्बर फेडेरेसन कमिटीको सदस्यमा नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्याम अवाले मनोनीत भएका छन् । बिहीबार आइबिएको बोर्ड बैठकले अवालेलाई समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको नेपाल बक्सिङ सङ्घले जानकारी दिएको हो ।

    images
    images
    images

    यो समितिको काम मुख्यतया महासंघमा आबद्ध २०४ वटा सदस्य राष्ट्रिय संघसँग मिलेर महासंघ र राष्ट्रिय संघको साँघुको रुपमा कार्य गर्ने, महासंघको नीति र नियमहरूको संघहरुलाई नियमित जानकारी गराउने, राष्ट्रिय संघमा बक्सिङ विकासका लागि आवश्यक योजना तर्जुमा सहयोग गर्ने र आवश्यकता अनुसार प्रशिक्षक, निर्णायकहरूको तालिम सञ्चालन गर्न राष्ट्रिय संघहरुसँग मिलेर कार्य गर्ने रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij