Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

  • काठमाडौं । धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण बानियाँ रहेका छन् ।

    images
    images
    images

    घाइते भएका उनको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०३ प १६५५ नम्बरको स्कुटर एकापसमा ठोक्किँएको प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनामा घाइते भएका स्कुटर चालक गजुरी गाउँपालिका–२ बस्ने ५५ वर्षीय चेतनारायण श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij