
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौैँ । यातायात व्यवस्था विभागले ६ दिनपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा पुनः सञ्चालन गर्दैछ ।सोमबार साँझ ५ बजेदेखि विभागले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउने भएको हो ।
सर्भरमा समस्या आएका कारण लाइसेन्स सम्बन्धी अनलाइन सेवाहरू गत चैत २८ गतेदेखि बन्द थियो । सूचना जारी गर्दै विभागले सेवा प्रभावित रहेको जानकारी गराएको थियो । विभागले सेवा पुनः सञ्चालनमा आउनेबारे आइतबार सूचना जारी गरेको हो ।
विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको सूचनामा उल्लेख गरिएको थियो । सर्भरमा देखिएको समस्याको समाधान भएसँगै आजदेखि लाइसेन्स सम्बन्धी अनलाइन सेवा पुनः सुरू हुने भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij