
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक घाइते भएका छन् । चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेर घाइते भएको अवस्थामा ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा फेला परेका हुन् ।
तीन तल्लाबाट खसेर उनको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएको उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij