Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन अन्तरगत जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् । 

    images
    images
    images

    उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै, जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् । 

    कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij