
Apr 13 2025 | २०८१, चैत ३१ गते
देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्रसँग खेल्दा दुई बालबालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा भेट्टाएको खेलौनाजस्तो यन्त्रसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाको मृत्यु भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
उक्त समाचार समितिले दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको जनाएको छ । लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी दर्जनौँले ज्यान गुमाउँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij