Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

  • काठमाडौं । भक्तपुरको  बिस्केट (बिस्काः) जात्रा आज साँझवाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजवाट सुरु हुन लागेको हो । जिब्रो छेडने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ । सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रेको छ ।

    images
    images
    images

    जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।  सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ ।

    लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij