
Apr 18 2025 | २०८२, वैशाख ५ गते
कविताः विश्वव्यापी तापक्रम र असर
साउन-भदौ खडेरी पर्छ
चैत-वैशाखमा हिउँ
यो अनौठा ऋतुलाई
खै के नाम दिऊँ ?
पुस-माघमा गर्मी भयो
वैशाख-जेठमा ठण्डा
बेमौसममा फुल्छन् फूल
बिनाखोक्रा अण्डा ।
विश्वव्यापी तापमान
प्रदूषणले गर्दा
वर्षायाम सुक्खा हुन्छ
हिउँदमा झरी पर्दा ।।
अग्लिदैछ सागरपिँध
पग्लिदैछन् हिमाल
बेलाबेला प्रकोपले
गरिरहेछन् कमाल ।।
उल्टो हो कि प्रकृति
मान्छे भयो स्वार्थी ?
दूषित हुँदा वायुतह
रिसाइन् कि धर्ती ?
– नरिश्वर गौतम
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij