
Apr 12 2025 | २०८१, चैत ३० गते
आँधीका कारण अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आँधीमा परी बिहीवार ५ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।
आँधीका कारण ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका ८ राज्यमा आएका शृंखलाबद्ध आँधीका कारण हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ ।
मिसौरी राज्यका एक अधिकारी लेप्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको बताएका छन् । उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij