
Apr 17 2025 | २०८२, वैशाख ४ गते
भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो । आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ ।
भारतलाई सन् १९७१ मा वेस्ट इन्डिजमा पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij