Jun 04 2026 | २०८३, जेठ २१ गते
अस्ट्रेलियाका एक व्यक्तिले २.६ किलोग्राम सुन भेटाएका छन् ।सामान्य मेटल डिटेक्टर लिएर सुन खोजिरहेका बेला ती व्यक्तिले ४.६ किलो ढुंगा फेला पारे जसमा २.६ किलो सुन टाँसिएको थियो ।
सो सुनको बजार मूल्य करीब २ लाख ४० हजार अस्ट्रेलियन डलर रहेको बताइएको छ । केही परिमाण सुन भेटिने आसमा भिक्टोरियाको एक सुनखानीमा सुन खोजिरहेका ती व्यक्तिले सुनको खजाना नै भेटाएका हुन् । उनले सेतो ढुंगामा टाँसिएको अवस्थामा सो परिमाणको सुन फेला पारेका हुन् । ती व्यक्तिले आफ्नो भने खुलाउन नचाहेको बीबीसीले जनाएको छ ।
त्यसपछि उनले आफ्नी श्रीमती खुशी हुने प्रतिक्रिया दिएका थिए । अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गर्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij