
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मिटरब्याज पीडितलाई भेट्न बालुवाटार पुगेका छन् ।
सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।
तर पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेपछि शर्माले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं सीडीओसँग आफूहरू खुलामञ्चमा बस्न नपाएकोबारे पीडितहरूले गुनासो पोखे । मेयर बालेन शाहले आफ्नै राज्य सम्झेर हामीलाई बस्न दिइएन भन्दै उनीहरूले सीडीओसमक्ष गुनासो गरेका थिए । पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij