
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो ।
तर उनीहरुले ५ हजार धरौटी तिर्न मानेनन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टका अनुसार धरौटी तिर्न नमानेपछि उनीहरुलाई कारागार पठाइएको छ ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा चैत ७ गते सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो । अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij