Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

  • काठमाडौँ । सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् । वनएक्स बेटमार्फत् सट्टेबाजी गराउने दिलीप सिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, बरुन कुमार सिंह, शिवानी तामाङ, रोशन गुरुङ र बासुदेव पाण्डेलाई प्रहरीले पक्राउ गरेका छन् ।

    images
    images
    images

    ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिछल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ । 

    प्रहरीले उनीहरुको साथबाट ३४६ थान सिमकार्ड, १० थान मोबाइल, विभिन्न बैंकका ३ थान चेकबुक र १२ थान एटीएम र एक थान ल्यापटप बरामद गरेको छ । 

    प्रहरी उपरीक्षक एवं प्रवक्ता सोमेन्द्र सिंह राठौरले उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसूरअन्तर्गत थप अनुसन्धान र कारबाहीबा लागि जिल्ला प्रहरी परिसर भक्तपुर र टेकुमा पठाइएको जानकारी दिएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij