
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताएकि छिन् ।
विराटनगरमा आज (सोमवार)आयोजित पत्रकार सम्मेलनमा उनले मौलिक हकसम्बन्धी १६ ऐनका नियमावली बनाई कार्यान्वयन गर्न लागिएको र खाद्य सम्प्रभुता मात्र बाँकी रहेको जानकारी दिएकि हुन् ।एक प्रश्नका जवाफमा उनले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै तर राष्ट्रिय राजनीतिको प्रभाव भने पर्न सक्ने बताइन् । नेपाल कम्युनिष्ट(नेकपा)की नेत्री तुम्बाहाङ्फेले अहिले पनि समय रहेकाले पार्टीका दुवै पक्ष मिलेर जान सकिने विचार व्यक्त गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij